२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

हस्तकला वस्तुको उत्कृष्ट निकासी गरेवापत व्यवसायी कडेँल सम्मानित

३ मंसिर, काठमाडौँ । युवा उद्यमी एवं हस्तकला व्यवसायी गोपीप्रसाद कडेँल सम्मनित भएका छन । नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगितामा कडेँल सम्मानित भएका हुन ।

शुक्रबार आयोजित कार्यक्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले सिआइपी सम्मानले समेत सम्मानित भैसकेका पिपुल्स क्राफ्ट एक्सपोर्टका सञ्चालक  कडेँललाई प्रशंसापत्रले सम्मान गरे । कडेँलले आर्थिक वर्ष २०७६र७७ मा हस्तकला निकासीमा उल्लेखनीय योगदान पुर्याएको र सीसाजन्य वस्तुको उत्कृष्ट निकासी गरेका छन ।

सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताए । प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताए ।

उनले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताए । उनले भने– ‘नेपालमा यस्तै महत्वपूर्ण उपलब्धीहरु हुन सक्छन् । हामीले हस्तकलालाई अझ विकास गर्न सक्यौ, कहिलेकाहीँ के हुन्छ भने आधुनिक फेशनसँग मिल्नेपनि बनाउनुपर्ने हुन्छ । त्यसकारण त्यस्तै किसिमका कपडाहरु, फेशनसँग म्याच खाने कपडाहरु बनाउन सक्नुभयो भने त्यसले आकर्षण बढ्नेछ भने त्यस्तै कलापनि नेपाल भरी नै वृद्धि हुन सक्छ । एयरपोर्टहरुमा, यस्तो ठाउँमा राख्नसक्नुभए राम्रो हुनेछ । यसको लागि ट्याक्ससम्बन्धी समस्याहरु छन्, त्यसलाई हामी निराकरण गर्दै सहजीकरण गर्ने विश्वास दिलाउछौँ ।’

प्रधानमन्त्री देउवाले हस्ताकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिनुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए ।

मन्त्री आलेले भने ‘नेपाली हस्तकला व्यवसायीहरुले स्थानीय स्रोत, साधनको प्रयोगगरी स–साना औजारले नेपालको कला, संस्कृति, जीवनशैली झल्किने ढुंगा र धातुका मुर्तिहरु, काष्ठबाट बनेका विभिन्न काष्ठकलाहरु, तामाङ सभ्यताका थान्का चित्रहरु, मिथिला सभ्यताका चित्रहरु, पश्मिना, गलैँचा, ढाका कपडाका विभिन्न सामानहरुको उत्पादन तथा निर्माण गरी विदेशमा निर्यात व्यापार गरी देशको चिनारी र प्रचारको साथै विदेशी मुद्रा देशभित्र भित्राउन सफल भएको छ ।’

आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको उहाँले जानकारी दिनुभयो । १८ औँ हस्तकला व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १७:४१