२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

माओवादी अध्यक्ष प्रचण्ड अस्पतालबाट घर फर्किए

२८ कात्तिक, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनि स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतका कार्यक्रमपछि अस्वस्थ भएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १६:४०