२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना

२८ कात्तिक, धनगढी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ । बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष शिद्धराज ओझाले बताए । राजनीतिक भाग मागेर प्रधान न्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १४:२७