पर्यटन पत्रकारिता पर्यटन क्षेत्रको अपेक्षित मिशनः मुख्यमन्त्री शाही
१० साउन,सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन पत्रकारिता पर्यटन क्षेत्रको अपेक्षित मिशन भएको बताउनुभएको छ ।
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) को नेतृत्वको कर्णालीको पर्यटन पत्रकारहरुको टोलीको अनुरोधपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले मिशन पर्यटन पत्रकारिता शुरुआत गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । “सोचले गन्तव्य निर्धारण गर्दछ, त्यही अनुसारको दृष्टिकोण र योजना बनाएर अघि बढ्नुस्, प्रदेश सरकार सहयोगका लागि तयार छ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “कर्णालीको पर्यटनले पत्रकारिताले खुशीसँग अर्थ साट्न उत्साहित हुने गरी पर्यटकलाई आकर्षित गर्न सकोस् । यहाँका ढुंगा, जडीबुटी, हिमाललगायतका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको महत्व विश्वमाझ पु¥याओस् ।”
नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष शर्माले पर्यटनको थुप्रै सम्भावना गर्भमा राखेर बसेको कर्णाली प्रदेशको महत्वलाई प्रकाशमा ल्याउन र त्यसको बजारीकरणमा सहयोग पु¥याउने ध्येयका साथ लागिपरेको जनाउनुभयो ।
प्रकाशित मिति : १० श्रावण २०७५, बिहीबार १९:४४