२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

गुल्मीमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

 २२ कात्तिक, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृृत्यु भएको छ । ठक्करबाट जिल्लाको मालिका गाउँपालिका- ८ की ८१ वर्षीया जमुना खनालको मृत्यु भएको हो । सोही स्थानकी ७२ वर्षीया लीला खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

सोमबार दिउँसो तम्घास-सिमलटारी सडकखण्डस्थित किसानटारीमा लु५५प ९७५७ नम्बरको मोेटरसाइकलले ठक्कर दिएको हो । मोटरसाइक चालक मालिका- ८ मर्भुग दँगासका २७ बर्षीय ललित पौडेल फरार छन् । सडक काट्ने क्रममा मोटरसाइकलले दुई वृद्धालाई ठक्कर दिएको पाण्डेयले जानकारी दिए । घाइतेको थप उपचारका लागि पाल्पा रेफर गरिएको र फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १९:३४