२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सल्यानबाट दाङतर्फ जाँदै गरेकाे बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

२१ कात्तिक, काठमाडौँ ।  सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेकाे रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटकाे खारखोलामा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । पाँच जना गम्भीर घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको छ भन्ने अन्य घाइतेहरूको पनि उद्धार र उपचार जारी छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १३:४७