२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सामाजिक सञ्जालमा भाइटीकाः हेर्नुहोस्, टीकाका रमाइला तस्बीरहरू

२० कात्तिक, काठमाडाैँ । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइएको छ । आज दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिएर भाइटीका मनाएका छन ।

सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद दिएको कथन छ । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको जनविश्वास रहिआएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार यसवर्षको भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा रहेकाे थियो । हामीले यहाँ भाइटीका लगाएर सामाजिक सञ्जालमा राखिएका केही तस्बीरहरू प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार १२:५५