२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देवी देवताको आकृति बनाएर गोबर्धन पूजा मनाइयो

१९ कात्तिक सप्तरी । देहातमा गाईवस्तु पाल्ने सबैले आ आफ्नो गोठमा विभिन्न देवी देवताको आकृति बनाई गोबर्धन पुजा गरेका छन्। देहातमा वर्षौंदेखि लक्ष्मी पुजाको भोली पल्ट गाई भैंसी बाध्ने गोठमा गोबर्धन पुजा गर्ने चलन रहेको राजबिराज ९ कि बिमला देवी यादवले बताईन्।

तराई मधेसमा गोबर्धन पुजा मनाउने छुट्टै परम्परा छ । गौ रक्षा एवं पर्यावरण संरक्षणको प्रतिकको रूपमा गोवर्धन पूजा गर्ने जनविश्वास छ।
गाईवस्तु पाल्ने सबैले आ आफ्नो गोठमा अनिवार्य रूपमा गोबर्धन पुजा गर्दै आएका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १४:०३