२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

ओएनएफ ओशियानामा नयाँ नेतृत्व, अध्यक्षमा राजु उपाध्याय र सचिवमा रमेश पौडेल

१५ कात्तिक, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) ओशियाना महादेशीय कमिटीको सपथ ग्रहण तथा पदभार ग्रहण साथै नेपाली चाड पर्वहरुको उपल्यक्षमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा नेकपा एमालेका विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज राजन भट्टराईले कोरोना महामारीको समयमा प्रवासी नेपालीहरुको सहयोगका लागि धन्यवाद ज्ञापन व्यक्त गर्दै नेकपाएमालेको गत विधान महाधिवेशन र आगामी महाधिवेशनका वारेमा विदेशमा रहेका शुभेच्छुक तथा समर्थकको भूमिकाकाबारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा न्युजिल्याण्डका लागि नेपालका अवैतनिक वाणिज्यदुत आत्माराम खनालले नेपालीहरुकाे महान चाड पर्वहरुको शुभकामना व्यक्त गर्दै नवगठित कमिटीलाई यस क्षेत्रका नेपालीहरुको हितमा काम गर्न आग्रह गरे ।

मञ्चका अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङले नेपाली डायस्पोराको इतिहास र योगदान वारे चर्चा गरे । साथै कमिटीका सचिव रमेश पाण्डेले ओएनएफ प्रवासमा रहेका नेपालीहरुको सुखदुःखको साथी हुन सफल भएको वताउदै मञ्चको सांगठनिक संरचना र कामका विषयमा प्रस्टा पारे ।

मञ्चका अन्तराष्ट्रिय कमिटी सदस्य तथा ओशियाना ईन्चार्ज डा. विनोद श्रेष्ठले नवगठित कमिटीले ओशियाना क्षेत्रमा मञ्चका रहेका देशहरुमा रहेका मञ्चका राष्ट्रिय कमिटीहरुलाई समवन्य गरेर नेपाल र नेपालीको हितमा कामलाई अगाडी बढाउने बताए ।

एनआरएनएका ओशियाना संयोजक होम पाण्डेले नेपालमा भएका संकटमा होस कि प्रवासमा भएका नेपालीहरुलाई समस्या पर्दा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि अझै नेपाल र नेपालीको लागि हितकारी कार्य गर्न शुभकामना दिए ।

साथै कार्यक्रम मञ्चका अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा पूर्वी एसिया इन्चार्ज भक्त गुरुङ, खाडी क्षेत्र इन्चार्ज चान पोखरेल, अनुशासन विभाग प्रमुख हेम शेर्पा तथा मञ्चको न्युजिल्याडका अध्यक्ष डा भगवान यादव लगायतका वक्ताहरुले नवगठित कमिटीलाई बधाई तथा चाड पर्वको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नव गठित कमिटीमा अध्यक्ष राजु उपाध्यायले कमिटीले आफ्ना मातहत कमिटीहरुको सांगठनिक, बौध्दिक विकास गर्ने खालका रचनात्मक कार्यक्रमहरुमा मुख्य जोडदिने प्रतिव्धता व्यक्त गरे ।

यसैगरि सचिव रमेश पौडेलले ओएनएफ अष्ट्रेलियाको उपाध्यक्ष लगायतको मुल नेतृत्वमा रहँदा हासिल गरेका कामको अनुभवलाई समेत थप गर्दै कमिटीको कामलाइ अगाडि बढाउने प्रतिवद्धता जनाए ।

मञ्चको अष्ट्रेलियाका सचिव शिशिर नेपालको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य मञ्चको न्युजिल्याडका सचिव मिलन जिशीले राखेका थिए ।

नव गठित कमिटीमा अध्यक्ष राजु उपाध्याय सचिव रमेश पौडेल सदरस्यहरुमा डा भगवान यादव(न्युजिल्याण्ड), केशव जोशी (अष्ट्रेलिया), मान्डव कार्की(अष्ट्रेलिया),महेन्द्र कार्की( अष्ट्रेलिया), गोमा मैनाली(अष्ट्रेलिया) रमेश थापा(अष्ट्रेलिया), भावना नेपाल(न्युजिल्याण्ड) रहेका छन ।

प्रकाशित मिति : November 1, 2021 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/