२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा आह्वान

१५ कात्तिक, काठमाडौँ । प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीले आह्वान गरेका छन् ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई भोलि मंगलबार १ बजेभित्र आफ्नो दावी पेश गर्न आह्वान गरिएको प्रदेशसभा सचिवालय प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् । मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र राईले सत्ता गठबन्धनका तर्फबाट दाबी गर्ने तयारी गरेका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १६:५९