अचानक बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना
१५ कात्तिक, काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् । अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
प्रकाशित मिति : November 1, 2021 at 1:04 pm





