प्रधानन्याधीशको विषयमा कुटिने वकिल, कुट्ने वकिल र रमिता हेर्ने सबै कांग्रेस निकटका
१२ कात्तिक, काठमाडौँ । नेपाल बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो बारको परिसरमा कुटपिटमा संलग्नन वकिलहरू नेपाली कांग्रेस निकटको भएको पाइएको छ ।
बारको आँगनमा कुटिने वकिल, कुट्ने वकिल र रमिता हेर्ने सबै कांग्रेस निकटको भएको पाइएको छ । वकिल विराट न्यौपानेले भूमिनन्द चुडालमाथि हालपात गरेका छन । उनले हातपात गरेको बेला अरू वकिलहरू पनि रहेका थिए । तर उनीहरू कुटाइको रमिता हेरेरमात्र बसिरहेका थिए ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । संविधान र विधिभन्दा बाहिर विभिन्न सम्झाैता गरेर परमादेश जारी गरेर प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेको प्रभाव बाहिर देखिन थालेको छ ।
सोही विषय विवाद चर्कदै जाँदा प्रधानन्यायाधीशको विषयलाई लिएर शुक्रबार नेपाल बार एशोसिएसन परिसरमा वकिलहरूबीच हानाहान भएको हो ।
प्रकाशित मिति : October 29, 2021 at 2:05 pm





