२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न नेपाल बारको बैठक बस्दै, माओवादी एजेण्डा बोकेर कहाँ पुग्ला बार ?

१२ कात्तिक, काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ । त्यसअनुसार जान मलाई मञ्जुर छ । तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन ।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ । माओवादी एजेण्डा बोकेर हिँड्न खोजेको बारको यो यात्रा कहाँ पुगेर टुंगिन्छ त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति : October 29, 2021 at 8:51 am