माओवादी नेता समेत रहेका नुवाकोटका वडा अध्यक्ष भैरव अधिकारीसहित ९ जना जुवाखालबाट पक्राउ
११ कात्तिक, नुवाकोट । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सूर्यगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भैरब अधिकारीसहित ९ जना विदुर नगरपालिका वडा नम्बर ५ गंगेटेको जुवा खालबाट रंगेहात पक्राउ परेका छन ।
नुवाकोट प्रहरीले बिहीबार साँझ होटल हारती गंगगटेमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले विशेष सूचनाको आधारमा साँझ ६ बजे होटल हारतीमा छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा भैरव अधिकारी र होटलका सञ्चालक नविन चित्रकारसहित ९ जना रहेका छन ।

उनीहरूसँग अहिले वयान लिनेक्रम जारी छ । प्रहरीले भोलि मुद्दा दर्ता गर्ने तयारी गरेको छ । उनीहरूको साथबाट प्रहरीले तीन लाखा ५२ हजार नगदसमेत बरामद गरेको छ ।
प्रकाशित मिति : October 28, 2021 at 9:20 pm





