प्रधानन्यायाधीश संकटमा परेपछि विदा बसेका न्यायाधीश चुडाल र सुवेदी काममा फर्किए
९ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतका दुई न्यायाधीश काममा फर्किएका छन् । दशैंतिहार विदामा रहेका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदी विदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले चुडाल र सुवेदी अदालत हाजिर भएको बताए । उनकाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र असन्तुष्ट न्यायाधीशको बैठकमा दुबै न्यायाधीश सहभागी भएका थिए । न्यायालयमा संकट गहिरिँदै गएपछि विदा बसेका चुडाल र सुवेदी फर्केका हुन् ।
प्रकाशित मिति : October 26, 2021 at 1:18 pm





