महिला कर्मचारीको स्तन स्पर्शमा रमाउने अधिकारी वायुसेवा निगमको अध्यक्षमा नियुक्त
८ कात्तिक, काठमाडौँ । महिला कर्मचारीलाई एकान्तमा बोलाएर स्तन र शरीरमा स्पर्श गर्ने मोज गरौँ भनेर प्रस्ताव गर्ने युवाराज अधिकारी नेपाल वायुसेवा निगमको अध्यक्षमा नियुक्त भएका छन ।
अधिकारी अध्यादेशवा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको सिफारिसमा अध्यक्षमा नियुक्त भएको स्रोतले जनाएको छ। नेपालले यसअघि मन्त्री नियुक्त गर्दा पैसामा पद बेचेको भन्दै उनकै पार्टीका नेताले अभियोग लगाएका थिए ।
उनी महिलालाई एक्लै कोठामा राखेर यौन दूर्व्यवहार गर्ने गरेको अभियोगमा तीन महिनासम्म निलम्बनमा रहेका निगमै कर्मचारी हुन । आफू मातहतका कर्मचारीमाथि यौन दुराचार गरेर कारबाहीमा समेत परेका अधिकारीलाई अध्यक्ष बनाएपछि निगमभित्र खैलाबैला भएको छ ।

उनै अधिकारीलाई नियुक्त गर्न दाबब भएपछि सरकारले निगमका तत्कालीन अध्यक्ष सुशील घिमिरेको राजिनामा मागेको थियो । अधिकारीले निगमको अर्थ विभाग प्रमुख हुँदा महिला कर्मचारीमाथि पटक पटक यौन हिंसा गरेका थिए । अधिकारीको हिंसाका बारेमा निगमका कर्मचारीले पटक पटक प्रमाणसहित उजुरी समेत गरेको र त्यसमा कारबाही भएको अन्तिमा अधिकारीले आइन्दा गल्ती दोहोर्याउदिन भनेर माफी मागेको समेत प्रमाण फेला परेको छ ।
अधिकारीको यौन दूराचारीका बारेमा मातहतका कर्मचारीले उनीविरुद्ध राष्ट्रिय महिला आयोगमा समेत निवेदन दिएका थिए। निगमका ९१ जना कर्मचारीले उनीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा त्यतिखेर निवेदन दिएका थिए । यौनहिंसा गरेको पुष्टि गर्दै अधिकारीले नै माफी माग्दै अब कहिल्यै त्यस्तो गर्दिन भनेर मेलमिलाप गरेको पत्र समेत दैनिकीले प्राप्त गरेको छ ।

अधिकारीले गरेको मेलमिलाप पत्रमा उल्लेख गरिएको छ, ‘क्षमा मागी आगामी दिनमा सोही किसिमको गल्ती नदोहोर्याउने तथा दुबै पक्षले काँही कतै उजुरी नगर्ने गरी महाप्रबन्धको कार्याकक्षमा बसी होसहवासमा मेलमिलाप गरियो।’ महिलाहरूले दिएको उजुरीमा अधिकारीले कति राम्री देखिएकी भन्दै शरीरमा स्पर्श गर्ने गरेको उल्लेख छ । उजुरीमा भनिएको छ, ‘कति राम्री देखिएकी भन्दै संवेदनशिल अंगमा हेर्नेरछुने, यौन हिंसाजन्य कुरा गर्ने, सरुवा बढुवामा राम्रो ठाउँ मिलाइदिन्छु, विदेश घुम्न जाउँ, मसँग मोज गर्नुपर्छ भन्दै मानसिक यातना दिने र आत्मसम्मानमा गम्भीर चोट पुर्याउने काम गरको ।’

प्रकाशित मिति : October 25, 2021 at 9:14 pm





