२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

नयाँ बस्ती खाेप केन्द्र भवनको उद्घाटन

८ कात्तिक, नुवाकोट । किस्पाङ ४, साल्मे स्थित नयाँ बस्ती खाेप केन्द्र भवन उद्घाटन कार्य बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननीय बद्री मैनालीज्युबाट सम्पन्न भएकाेछ।

आज एक समारोहबीच सम्पन्न भएको कार्यक्रममा माननीय आसामाया तामाङ, किस्पाङ गाउँ पालिकाका अध्यक्ष छत्रबहादुर लामा, नेकपा एमाले प्रदेश कमिटी सदस्य विन्दा ढुङ्गाना, मेन्चुङ लामा, विजय लाेप्चन तथा किस्पाङ गाउँ कमिटी अध्यक्ष बिरवल तामाङ , विदुर नगर कमिटी सचिव अनुज कुमार श्रेष्ठ, युवा संघ नुवाकोटका अध्यक्ष प्रज्वल सापकोटा, अनेरास्ववियु नुवाकोटका नेता फैसल डिन, कुमार नेउपाने लगायतका नेताहरूको उपस्थिति रहेको थियाे।

प्रकाशित मिति : October 25, 2021 at 6:39 pm