३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

एकपल्ट प्रधानन्यायाधीशकाे कुरा सुन्ने १४ न्यायाधीशको निर्णय

८ कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकपल्ट उनको कुरा सुन्ने मौका दिनुपर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छुट्टै बैठकमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको धारणा नसुनी निर्णय लिन हतार हुने पनि निष्कर्ष निकालेका छन् ।

‘प्रधानन्यायाधीशज्यूलाई एकपल्ट उहाँको धारणा सुन्न मौका दिनुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ एक न्यायाधीशले भने, ‘उहाँको धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय हुनेछ ।’

प्रकाशित मिति : October 25, 2021 at 5:14 pm