३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

सर्वोच्चको गुम्दो साखः प्रधानन्यायाधीशबाट चोलेन्द्रले राजिनामा नदिएसम्म अन्य न्यायाधीशको गुटबन्दी जारी

८ कात्तिक, काठमाडौँ । दलको झण्डा बोकेका कार्यकर्ता र विभिन्न माफियाको सेटिङमा सर्वोच्च अदालतमा पुगेका न्यायाधीशहरूको कारण अदालतको साख नै गुम्ने अवस्थामा पुगेको छ । जनविश्वास गिर्दै गइरहेको छ । न्यायाधीशहरूको विवादको तौरतरिका नमिल्दा अदालतको साख गुम्दो रहेको छ ।

परमादेशका माध्यमबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलाई प्रधानमन्त्रीमा नियुक्त गरे वापत आफ्ना जेठान गजेन्द्र हमालाई मन्त्री बनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको चर्को आलोचना भैरहेको छ । त्यही विषयलाई लिएर अन्य बहुमत न्यायाधीशले राणाको राजिनामा विना सर्वोच्च अदातल अघि बढ्न नसक्ने बताएका छन ।

सबै जसो न्यायाधीशहरू विभिन्न स्वार्थबाट त्यहाँ पुगेका कारण अनेक स्वार्थ र गुटबन्दीमा लिप्त देखिएका छन । चोलेन्द्रसँगै भागवण्डामा सक्रिय र फैसला बाहिर लेख्न लगाएर बेञ्चमा वाचन गर्नेहरू समेत गुटबन्दीमा सक्रिय देखिएको सर्वोच्चकै एक न्यायाधीशले बताए । सोमबार भएको न्यायाधीशहरूको छलफलले भोलि बिहान ११ बजे चोलेन्द्रलाई राजिनामा दिन अनुरोध गरिनेछ । उनले राजिनामा नदिए बेञ्च बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले लिएका छन ।

सोमबारको बैठकमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा लगायत सहभागी भएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रकाशित मिति : October 25, 2021 at 4:41 pm