३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

आफ्ना लागि इजलास तोकेनन् प्रधानन्यायाधीश राणाले

८ कात्तिक, काठमाडौँ । कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् ।

सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि सातवटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।

आफुसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफुलाई भने इजलासमा मुद्दा तोकेका छैनन् । उनको कार्यशैलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीश मुद्दा सुनवाइ छाडेर आन्तरिक छलफलमा छन् ।

पाँच जना बिदामा बसेका छन् भने १४ जना प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै छलफलमा छन् । जसका कारण सोमबार (आज) सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन । न्यायाधीशहरू छलफलमा जुटेका बेला नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनसमेत यतिबेला रणनीति बनाउन बेग्लाबेग्लै बैठक बसिरहेका छन् ।

प्रकाशित मिति : October 25, 2021 at 2:07 pm