३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

देशको पहिचान मेटाएर आफ्नो पहिचान नखोज्न एमाले उपाध्यक्ष रावलको चेतावनी (भिडियोसहित)

७ कात्तिक, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोडदिएका छन ।

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामू पु¥याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याएका हुन ।  संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै डा रावलले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदुत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए ।

उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराए । उनले भने, ‘मैले यस्तो राजदुत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन । कूटनीतिको ‘क’ आउँदैन । मेरो देश नेपाल हो । यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन । ऊ नै राजदुत बनेर जाने गरेको छ ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए । उपाध्यक्ष रावलले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको स्पष्ट पारे ।

प्रकाशित मिति : October 24, 2021 at 10:07 pm