३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै, तनहुँबाट चुनाव लडाउने तयारी

७ कात्तिक, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने निश्चित भएको छ । नेपाल प्रहरीमा सफल प्रमुखको छवी बनाएका खनाल यही कात्तिक ९ गते एमाले प्रवेश गर्ने तय भएको स्थायी कमिटी सदस्य किरण गुरूङले जानकारी दिएका छन ।

गुरूङले खनाल एमाले प्रवेश गर्ने सहमति भएको र साइत कुरिएको बताएका छन । खनाललाई तनहुँबाट चुनाव लडाउने तयारी एमालेको छ । खनाल तहुँका स्थायी बासिन्दा हुन । उनी यसअघिदेखि नै एमालेका नेताहरूसँग निकट रहेर काम गरिरहेका छन ।

प्रकाशित मिति : October 24, 2021 at 7:47 pm