३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको काठमाडौँमा विरोध प्रदर्शन

५ कात्तिक, काठमाडौँ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जसको विरोधमा शुक्रबार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन् । काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : October 22, 2021 at 4:50 pm