एमसीसीबारे झुटा प्रचार भयो, अब यो पास हुन्छः प्रधानमन्त्री देउवा
५ मंसिर धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मेलिनियम च्यालेन्ज फण्ड एमसीसी पारित हुने बताएका छन । उनले एमसीसीको बारेमा धेरै नै झुटा प्रचार भएको भन्दै अब चाँडै पास हुने बताए ।
कैलालीको धनगढीमा नेपाली कांग्रेसको शुभेच्छुक संगठन प्रेस युनियन कैलालीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अब कुनै हालतमा एमसीसी पास हुने बताए । उनले एमसीसी कुनै ऋण नभएर अनुदान भएको भन्दै अनुदानमा दिन लागेको पैसा पनि चाहिदैन भनेर बिरोध गरेर हदै गरिएको बताए ।
पत्रकार सम्मेलनमा पत्रकारले गरेको एसीसीबारेको प्रश्नमा देउवाले भने, देउवाले भने, ‘एमसीसी पास हुन्छ। यो ठूलो अनुदान हो, ऋण होइन।यो नेपालकै कानुनअनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ, तर त्यो पनि चाहिएन भन्छन् । हद भइसक्यो।’
उनले एमसीसी नेपालको कानुनभन्दा माथि नरहेको दाबी पनि गरे । साथै देउवाले एमसीसीमा संशाेधन गर्नुपर्ने केही कुरा रहेको बताए ।

प्रकाशित मिति : October 22, 2021 at 10:26 am





