३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

काेराेना अपडेटः ५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु, ७२६ संक्रमणमुक्त

४ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ६५८६ जनाको पीसीआर परीक्षण गर्दा ४७० र १९६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जना गरी थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७२६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : October 21, 2021 at 5:01 pm