३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

काेराेना अपडेटः १०९६ संक्रमित थपिए, १२ जनाको मृत्‍यु, १००४ संक्रमणमुक्त

२ कात्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१४० जनामा पीसीआर परीक्षण गर्दा ९५७ जना र ११७७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३९ गरी थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । साेही अवधिमा १००४ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : October 19, 2021 at 5:39 pm