३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

बर्षाका कारण घर भत्किदा सुतिरहेकी एक किशोरीको मृत्यु

२ कात्तिक, सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।

घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।

प्रकाशित मिति : October 19, 2021 at 12:00 pm