२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुँदैनः पूर्व अर्थसचिव खनाल

२ कात्तिक, काठमाडौँ । पूर्व अर्थसचिव एवं तत्काली नेकपा माओवादीका नेता डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका आर्थिक सल्लाहकार रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै खनालले माओवादीको नाटक लामो भएकाले अब सकिनुपर्ने बताएका छन ।

खनालले सुरूमा भनेका छन ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अली लामै भयो त।’ उनले माओवदी कहिले सकिएला भन्ने विषयमा कसैको अनुमान भए त्यो पनि भन्न अनुरोध गरेका छन ।

खनालले आफ्नै प्रश्नको जवाफमा भैरहेको बहसमा सहभागी हुँदै फेरि भने अब माओवादी समाप्त नपार्ने हो भने उसले विकासका सारा काम रोक्ने अनुमान पनि गरेका छन । खनालले भनेका छन, ‘राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक वित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ !’

कुनै समय माओवादी नेता प्रधानमन्त्री हुँदाका सल्लाहकार खनालले यसो भनेपछि कालोधन सेतो बनाउने माओवादी रणनीतिको भेद खुल्ने देखिएको छ । केही समय यता प्रचण्डले आफूमा आत्महत्याको बारेमा सोचाइ समेत आउने गरेको सार्वजनिक कार्यक्रममौ बताउँदै आएका छन ।

प्रकाशित मिति : October 19, 2021 at 9:16 am