३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नुवाकोट बस दुर्घटना अपडेटः एकको मृत्यु, गम्भीर घाइते ८ जनाको हेलिकप्टरमा उद्धार

१ कात्तिक, नुवाकोट । नुवाकोटको मानेगाउँमा बस नालीमा चिप्लिँदा भएको दुर्घटनामा घाइते भएका मध्ये एक जनाको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार रमेश तामाङको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

बा ४ ख ५७६२ नम्बरको यात्रुबाहक बस सोमबार बिहान दुर्घटना हुँदा ३५ जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर अवस्था भएका ८ जनाको हेलिकप्टरमा उद्धार गरिएको थियो भने बाँकी २७ जनाको एम्बुलेन्समा उद्धार गरिएको थियो ।

प्रहरीका अनुसार अहिले त्रिशुली अस्पतालमा २७ जनाको उपचार भैरहेको छ भने गम्भीर घाइते भएका ८ जनाको काठमाडौँमा उपचार भैरहेको छ । ओरालो घुम्ती भएको किस्पाङ गाउँपालिका वडा नम्बर ५ को मानेडाँडामा बस नालीमा चिप्लिएको थियो ।

प्रकाशित मिति : October 18, 2021 at 3:16 pm