३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

मोहन वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

१ कात्तिक, काठमाडाैँ ।  नेकपा  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् ।

आइतबार बिहान  दम बढेपछि अस्पताल भर्ना भएका वैद्यलाई भेट्न अध्यक्ष प्रचण्ड आज अस्पताल पुगेका हुन् । प्रचण्डले  वैद्यको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग जानकारी लिएका छन् । वैद्यकाे उपचारमा संलग्न चिकित्सकहरुले उनकाे स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका छन् ।

प्रकाशित मिति : October 18, 2021 at 1:25 pm