३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नुवाकोटको मानेगाउँमा बस नालीमा चिप्लयो, ३० घाइतेको अस्पतालमा उपचार हुँदै

१ कात्तिक, नुवाकोट । नुवाकोटको मानेगाउँमा बस नालीमा चिप्लिँदा ३० जना घाइते भएका छन । घाइतेहरूको नुवाकोट र काठमाडाैँको विभिन्न अस्पतालमा उपचार हुँदैछ । बा ४ ख ५७६२ नम्बरको किस्पाङ गाउँपालिकाको वडा नम्बर ५ मा रहेको मानेगाउँमा चिप्लिएर नालीमा खसेको हो ।

दुर्घटनामा ३० जना घाइते भएका छन । उनीहरूको धेरैको त्रिशुली अस्पताल र केहीलाइ थप उपचारका लागि काठमाडाैँ पठाइएको छ । भाल्चेबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटनामा परेको हो । कच्ची सडकमा बस चिप्पिलएपछि यात्रुहरू अताल्लिएका थिए । घाइतेलाइ एम्बुलेन्स मार्फत अस्पताल लगिएको छ ।

प्रकाशित मिति : October 18, 2021 at 1:03 pm