बलात्कार आरोपी कुर्मराज शाही माधव नेपालको पार्टीको केन्द्रीय सदस्यमा मनोनित
१ कात्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कर्णालीका बलात्कार आरोपी कृषि मन्त्री कुर्मराज शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपा एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन २ मा शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको उल्लेख छ ।
शाहीले केन्द्रीय सदस्यसँगै कालीकोट इन्चार्जको जिम्मेवारी पाएका छन । शाही माथि बलात्कारको आरोप लागेर जवर्जस्ती याैनसम्पर्क गरिरहेको भिडियो नै भाइरल हुँदा पनि उनीमाथि कारबाही नगर्न समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दबाब दिएका थिए ।
शाहीले एक महिलासँग जबरजस्ती यौन सम्पर्क राखिरहेको भिडियो सार्वजनिक नै भएको थियो । महिलाकै कोठामा पुगेर शाहीले जबरजस्ती यौन सम्पर्क गरिरहेको भिडयोमा प्रष्टै देख्न सकिन्छ भने विभिन्न सञ्चार माध्यमको फरक फरक कुराकानीमा शाहीले पनि भिडियोमा देखिएको व्यक्ति आफू भएको र पुरानो कुरा झिकेर बद्नाम गर्न खोजिएको बताउँदै आएका थिए ।

सामाजिक सञ्जाल ट्वीटर, फेसबुक र टिकटकमा समेत व्याप्त भएको ६ मिनेट ५८ सेकेन्डको भिडियोमा महिलाको अनिच्छाको बाबजुद मन्त्री शाहीले दुई पटक यौन सम्पर्क गरेको देखिन्छ ।
भिडियोको बिबरण
परस्त्रीसँग जबरजस्ती यौन सम्पर्क राख्नदै हिड्ने व्यक्ति कसरी राज्यको कानुन कार्यान्यन गराउन निकायमा बस्न सक्छ यो गम्भीर प्रश्न उठेको छ नै विधि र पद्दतीको भाषण गरेर नथाक्ने माधवकुमार नेपालले उनलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि उनीमाथि पनि प्रश्न उठेको छ ।
प्रकाशित मिति : October 18, 2021 at 3:45 pm









