उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने
२५ असाेज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले आफुसँगै राखेका छन् । गजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएपछि तत्कालका लागि प्रधानमन्त्री देउवाले सो मन्त्रालय आफैंसँग राखेका हुन् ।

हमालले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम दिएकाे राजीनामा स्वीकृत भएकाेले उक्त मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने राष्ट्रपतिकाे कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : October 11, 2021 at 4:03 pm





