२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चाेलेन्द्रलाई महाअभियाेगबाट बचाउन मन्त्री हमालले राजिनामा दिए

२४ असाेज, काठमाडौँ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति दिलाए बापत प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाकाे भागमा उद्याेग मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले राजिनामा दिएका छन । राणालाई मुद्दामा माेलाहिजा गरेर जेठानलाई मन्त्रीमा नियुक्त गराएकाे भन्दै महाअभियाेग समेत लगाउने तयारी भएपछि हमालले तीन दिनमै मन्त्रीबाट राजिनामा दिएका हुन । उनले राणाकै आग्रहमा राजिनामा दिएकाे र साँझ प्रधानमन्त्री शेरबहादुर देउवा पाेखराबाट काठमाडौं फर्किएपछि बुझाउने भएका छन । राणाले मुद्दा जिताइदिए बापत जेठानलाई मन्त्री दिलाएपछि चाैतर्फी आलाेचना भएकाे थियाे ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार १०:२६