२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

हात्तीले कुल्चिएर एक जनाको मृत्यु

२४ असोज, काठमाडाैँ । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजापुर–१० हप्ती कोटियाबाटबाट दक्षिणतर्फ बाटोमा हात्तीको आक्रमणबाट ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनलाई घर फर्किंदै गर्दा गए राति हात्तीले कुल्चिएको अनुमान गरिएको बताए । दहितको शव आज बिहान बाटोमा फेला परेको थियो ।

मृतकको शरीरमा हात्तीले कुल्चिएको डाम देखिएकाल हात्तीले कुल्चिएको हुन सक्ने कार्कीले जानकारी दिए । उनका अनुसार घटनास्थल वरपर हात्तीका पाइला देखिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०८:२३