५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

२२ असोज, काठमाडौँ । सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कार्की सरकारकै प्रवक्ता रहेका थिए । आजदेखि उनलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अबदेखि मन्त्रिपरिषद्का निर्णय व्यवस्थित रूपमा संचार मन्त्रालयमा सार्वजनिक गरिने प्रवक्ता कार्कीले बताए । बैठकले सार्वजनिक खर्चलाई मीतव्ययी, प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरेको छ । यस्तै, २५ भदौमा गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार २०:५४