कांग्रेस प्रतिनिधिमण्डल भाजपा मुख्यालयमा
२२ असोज, काठमाडौँ । भारत भ्रमणमा रहहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले शुक्रबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरूसँग द्विपक्षीय वार्ता गरेको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सांसदहरू उदयशम्शेर राणा र अजय चौरासियाको तीन सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा छ ।

शुक्रबार भाजपा मुख्यालयमा पार्टीका महासचिव डा. अरुण सिंह, कार्यकारिणी सदस्य डा. अनिरबान गांगुली, दार्जिलिङका लोकसभा सांसद राजु विष्टसहित विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग दुई राजनीतिक दलबीच सम्बन्ध बढाउने विषयमा छलफल भएको भाजपाले जनाएको छ ।
प्रकाशित मिति : October 8, 2021 at 8:05 pm





