३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने

२२ असोज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन् । पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ । यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो ।

प्रकाशित मिति : October 8, 2021 at 7:31 pm