३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

मेलौली नगरपालिका-१ की वडा सदस्यको मृत्यु

२२ असोज, बैतडी । बैतडीमा एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका-१ की महिला वडा सदस्य द्रोपती चन्द रहेकी छन् । केही दिनदेखि बिरामी रहेकी चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए ।

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका-१ मा नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् । ५५ वर्षीय चन्द मुटु सम्बन्धी समस्याबाट ग्रसित थिइन् ।

प्रकाशित मिति : October 8, 2021 at 6:52 pm