नवनियुक्त मन्त्रीहरूले लिए सपथ
२२ असाेज, काठठमाडाैँ । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ खुवाएकी छन्।
यस्तै राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्। प्रधानमन्त्री देउवाले झन्डै ८८ दिनपछि मन्त्रिपरिषदलाई आज पूर्णता दिएका थिए। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर मन्त्री नियुक्त गरेका थिए। देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई पनि मन्त्री बनाएका थिए।
प्रकाशित मिति : October 8, 2021 at 6:23 pm





