३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

सरकारले रेल्वे र संघीय निजामती विधेयक संसदबाट फिर्ता लियो

२२ असाेज, काठमाडाैँ । सरकारले प्रतिनिधिसभाबाट दुइवटा विधेयक फिर्ता लिएको छ। सरकारले प्रतिनिधिसभाबाट रेल्वे विधेयक र संघीय निजामती सेवा विधेयक फिर्ता लिएको हो।

शुक्रबार बसेकाे प्रतिनिधिसभामा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक फिर्ता लिने प्रस्ताव राखेका थिए। मन्त्रिपरिषद्काे २०७८ साल असोज १९ गतेको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियाे।

राष्ट्रिय सभाबाट रेल्वे विधेयक अघि बढेको थियो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आइपुगेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभामा पेश भएको हो।

प्रतिनिधि सभाबाट दुवै विधेयक  बहुमतले फिर्ता भएकाे छ। विधेयकको विपक्षमा मतदान गरेका नेमकिपाका सांसद प्रेम सुवालले संसदमा आइपुगेको विधेयक फिर्ता लिने निर्णय प्रजातान्त्रिक हुन नसक्ने बताउँदै विधेयक फिर्ता गरेर सरकारले अध्यादेश ल्याउन लागेको बताए ।आरोप लगाए ।

प्रकाशित मिति : October 8, 2021 at 2:05 pm