५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रपति भण्डारीलाई भेटेर फर्किए प्रधानमन्त्री देउवा

२२ असाेज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर भेट गरेका छन् । शुक्रबार प्रधानमन्त्रीलाई देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । भेटका क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आजै मन्त्रिपरिषद विस्तार भएर अपराह्न ४ बजेतिर पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ। सत्तारुढ गठबन्धनबीच बिहीबार भएको सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १३:३७