२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोरोना अपडेटः ८०५ जनामा संक्रमित थपिँदा ९११ संक्रमणमुक्त, ८ जनाकाे मृत्यु

२१ असोज, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०५ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६७२ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ८०५ जनामा संक्रमण पाइएको हो ।

बिहीबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन् ।

पछिल्लो २४ घण्टामा ९११ जनाले संक्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा आठजनाको ज्यान गएको छ ।

अहिलेसम्म संक्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ । हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आईसीयू), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १७:५९