२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रकाशशरणको नेतृत्वमा कांग्रेस प्रतिनिधिमण्डल भारत प्रस्थान

२१ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली नयाँ दिल्ली प्रस्थान गरेको हो । यो भ्रमणलाई नेपाल र भारतबीचको सम्बन्ध सुधारका रुपमा लिइएको हो ।

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन् । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

दिल्ली प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १३:२६