नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्य फेला
२१ असोज, काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। निर्माणाधीन घरको चौथो तलाबाट हामफाल्दा चतुर्वेदीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
काठमाडौं ७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे हामफालेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। घरनजिकैको सिसी क्यामेरामा चतुर्वेदी आफै हाम्फालेको देखिन्छ । र स्थानीयहरुले पनि उनि आफै हामफालेकाे बताएका छन्, बस्नेतले भने । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार १२:४४