२७ भदौ २०८३, शनिबार | Sun Sep 13 2026

लायन्स क्लब अफ काठमाडौँ राेजद्धारा केउरीनीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

२० असाेज, नुवाकोट । लायन्स क्लब अफ काठमाडौँ राेजले विदुर ८, केउरीनीमा रहेको विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। श्री बटुक भैरव प्राविकाे प्रांगणमा भएको कार्यक्रममा तीस परिवारले खाद्यान्न प्राप्त गरेका छन्।

लायन्स उद्यमी नमूना गाउँ केउरेनीमा आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लबका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकाेटी लगायतका लायन्स लिडरहरुले खाद्य सामग्री तथा स्कुलका छात्रछात्रालाई स्टेसनरी र स्कुल व्याग वितरण गरेका थिए।

अमेरिका निवासी अर्पण कार्कीबाट प्राप्त आर्थिक सहयोगमा खाद्य सामाग्री वितरण गरिएको आयाेजक क्लब काठमाडौँ राेजका अध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् ।

कार्यक्रममा लायन्स क्लबका इन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकाेटी, क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, सुस्मा काेईराला, लायन्स माेडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, उपप्रमुख तथा लायन्स क्लब अफ नुवाकोट उपकारका चार्टर प्रेसिडेन्ट सन्तोष उप्रेती, काठमाडौँ राेजका अध्यक्ष पार्वती कार्की, वडा सदस्य देव कुमारी विक, प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदी, नुवाकोट उद्योग वाणिज्य संघका सदस्य सुमन भण्डारी र काठमाडौँ राेजका चार्टर मेम्बर तारा कार्कीको उपस्थिति रहेको थियाे।

 मानवीय सेवामा सकृय लायन्स क्लबले आफैँले शुरुआत गरेको नमूना गाउँमा पुगेर बडा दशैँकाे मुखमा खाद्यान्न वितरण गरेपछि स्थानीय खुसी भएका छन् ।

 

प्रकाशित मिति : October 6, 2021 at 7:44 pm