कांग्रेस नेता सिंह र नेकपा महासचिव विप्लवबीच भेटवार्ता
२० असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
प्रकाशित मिति : October 6, 2021 at 5:24 pm





