५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काेराेना अपडेटः १०४३ संक्रमित थपिए, १२ जनाको मृत्यु, ८९१ संक्रमणमुक्त

२० असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा  थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५  जनामा पीसीआर परीक्षण गर्दा ८४९ जना र ४,३०० जनामा एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी थप १०४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । साेही अवधिमा ८९१ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।  हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा रहेका छन् भने १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १६:५७