२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नुवाकाेट र सिन्धुपाल्चोकका बाढीपहिरोपीडितलाई अस्थायी आवासका लागि बागमती सरकारले २ करोड दिने

२० असोज, हेटौँडा । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक र नुवाकोटकामा बाढीपहिरोबाटपीडितलाई अस्थायी आवासका लागि करीब २ करोड रुपैयाँ दिने गरेकाे छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्ने निर्णय गरेको हो ।

 

 

 

‘अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई १ करोड ८८ लाख ७७ हजार ५ सय र नुवाकोटका लागि ७ लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिमा उपलब्ध गराउने निर्णय भएको मन्त्री शाक्यले बताए ।

बैठकले २०७७ जेठदेखि हालसम्म मनसुनजन्य बाढीपहिरो लगायत विपद्का घटनाबाट क्षति पुगेका घरपरिवारलाई तत्काल प्रतिपरिवार अधिकतम १० हजारसम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार वितरण गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार १४:१९