२७ भदौ २०८३, शनिबार | Sun Sep 13 2026

मन्त्रिपरिषद बैठकका यस्ता छन् निर्णय

१९ असाेज, काठमाडाैँ । मन्त्रिपरिषदकाे मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

यस्तै बैठकले नेपाल प्रशासन सेवातर्फ राजपत्रांकृत विशिष्ट श्रेणी पदमा-सह सचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ। यस्तै वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सह न्यायाधीवक्ता डा.गोपीचनज्द्र भट्टराईलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

यसैगरि ऋण असुली न्यायकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ। यस्तै विद्युतीय राहदानीमा प्रयोग हुने सुरक्षा विशेषताहरू सेक्युरिटी फिचर्स स्वीकृत गर्ने र २०७८ असोज २४ देखि २८ सम्म हुने परराष्ट्र मन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको कमोरेटिभ हाइ लेभल मिटिङमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय समेत गरेकाे मन्त्री कार्कीले जानकारी दिए।

प्रकाशित मिति : October 5, 2021 at 6:27 pm